विराटनगर ।  चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा शनिबार पहिलो अडिसन भएको हो । 

उक्त अडिसनमा ४५ जना प्रतियोगिहरुको सहभागि रहेको सिइओ नीशा खतिवडाले जानकारी दिइन् । अडिसनमा ४२ जना प्रत्यक्ष उपस्थित भएका थिए भने तीन जना प्रतियोगिले अनलाइनको माध्यबाट अडिसनमा सहभागि जनाए ।

प्रतियोगिताको निर्णायकहरुमा जय मिडिया म्यानिजमेन्ट प्रालिका चियरमेन जय राज राय, सेन्ट्रल मलको डाइरेक्टर राकेश जैन, मिस कोशी २०२१ को फस्ट रनरअप आयूषा आर्चाय र मिडिया पर्सनालीटि सरोज श्रेष्ठ रहेका थिए । 

बालवालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यो प्रतियोगिता भएको हो । विराटनगरपछि पूर्वको इटहरीलगायत अन्य विभिन्न सहरहरुमा पनि अडिसन हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा कक्षा दशसम्म अध्ययरत विद्यार्थीहरूले भाग लिन पाउनेछन् । प्रतियोगिाको फाइनल आगमी पुस १५ गते गर्ने आयोजकले तयारी गरेको छ । विभिन्न चरणको अडिसनदेखि प्रतियोगिताको फाइनलमा न्युनतम मिस्टर लिटलमा २५ र मिस लिटलमा २५ जना गरि ५० जना फाइनलमा सहभागि गराउने जय मिडिया म्यानिजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए ।

प्रतियोगिताको बिजेता हुने मिस्टर र मिस लिटलले जनही ३०–३० हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् ।