विराटनगर ।  विराटनगर – ९ स्थित एम्स कलेजले  छैटों संस्करणको मिस्टर एण्ड मिस फ्रेसर प्रतियोगिता गर्ने भएको छ । 

कलेजले बि.बि.एस, बि.एच.एम र बि.एस.सि. सि.एस.आई.टि.संकायका नव आगन्तुक विद्यार्थीहरु माझ प्रतिभाको खोजी गर्न प्रतियोगिता गर्न लागेको हो । 

हरेक वर्ष गर्दै आएको प्रतियोगिताको यो छैटौं सिजन हो । विद्यार्थीमा अन्तर्निहित क्षमताको प्रस्फुटन गराउने र उनिहरुलाई नेतृत्वको विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रमुख सिएम बस्नेतले जानकारी दिए । कलेजमा स्थापित विद्यार्थी क्लबले आयोजना गर्ने यो प्रतियोगितामा आयोजक विद्यार्थीहरुले समेत धेरै कुरा सिक्ने क्याम्पस प्रमुख बस्नेतले बताए । 

बि.बि.एस. तेस्रो बर्षमा अध्ययनरत २०१९ का मिस्टर फ्रेसर प्रवेश अधिकारीले कलेजले आफूलाई अघि बढ्न धेरै ठूलो मौका दिएको र यस्तो अवसर कसैले गुमाउन नहुने बताए । फ्रेसर अधिकारीले एम्स कलेज अध्ययन गर्न थालेपछि आफुमा धेरै कुरामा परिवर्तन पाएको अनुभूति  भएको बताए । यस पटकको मिस्टर एण्ड मिस फ्रेसर २०२१’ कलेजको ट्युलिप हाउसले गर्दैछ । हाउसका अध्यक्ष विद्यार्थी सोनु रौनियारले कलेजले दिएको यस्तो परियोजना विद्यार्थीका लागि ठूलो कुरा भएको बताए । 

यस कार्यक्रममा सम्पूर्ण नव आगन्तुक विद्यार्थीहरु मध्येबाट कार्यक्रममा ईच्छुक १०२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दैछन् । 

कार्यक्रमका विविध सेग्मेन्ट अन्तर्गत परिचय, इम्प्रोम्टु राउण्ड, ब्रिटिस पार्लियामेन्ट मोडलमा वादविवाद , ट्यालेण्ट राउण्ड, लोजिकल राउण्डलगायतका कार्यक्रम रहने छन् । प्रतियोगितामा विभिन्न सेग्मेन्टबाट विजयी १० छात्रा र १० छात्र फाइनलमा पुग्नेछन् । विजेता फ्रेसरलाई क्यास पुरस्कार र विभिन्न गिफ्ट दिइने कुरा क्याम्पस प्रमुख सिएम बस्नेतले बताए ।