नेपाली पर्वतारोही निर्मल पुर्जा 'निम्स' ले तयार परेको वृत्तचित्र "१४  पिक्सः नथिङ इज इम्पोसिवल " नेटफ्लिक्समार्फत सार्वजनिक भएको छ । 

वृत्तचित्रमा कसरी निम्सले ७ महिनाभित्र विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिम शृङ्खलाको आरोहण गरे भन्ने देखाएको छ । हिमाल चढ्दा जीवन र मृत्युसँगको सङ्घर्षलाई वृत्तचित्रमा उतारिएको छ । 

कुशल शेर्पाहरूसँगको सहयात्रामा कसरी विश्वका हिमाल आरोहण सम्भव हुन्छ भन्ने दृष्टान्त देखाइएको छ । 

हिमाल चढ्दा आइपर्ने सङ्कट, सफलताका लागि चाहिने दृढता र सहनशक्ति आवश्यक पर्छ भन्ने वृत्तचित्रमा देख्न सकिन्छ । हिमाल र मानव बीचको द्वन्द्वलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको छ ।

ब्रिटिस सेनामा आबद्ध भइ १६ वर्ष काम गरेका उनले ६ वर्ष घुरमा  १० वर्ष  स्पेसल बोट सर्विसमा बिताएका थिए ।  धौलागिरीमा जन्मिएर चितवनमा हुर्कीएका उनि हिमाली छायामा हुर्कीएका नभएपनि ब्रिटिस सेनाको सेवाबाट विदा भएपछि उच्च–उचाइमा उद्धार अभियान चलाउँदै  रेकर्ड तोड्नो शिखरहरूको निरन्तर बढ्दो सूची जम्मा पार्न सफल भएका छन् । जसले गर्दा उनी ऐतिहासीक पर्वतारोही बनेका छन् ।