धरान । कोरोना महामारीका कारण प्रदर्शनको मिति तय भएर पनि रोकिएको प्रेम गीत–३ फागुन १३ गतेदेखि प्रदर्शन हुने भएको छ ।

चलचित्रको निर्माण युनिटले एक विज्ञप्तिमार्फत् फागुन १३ गतेदेखि देशभरका सम्पूर्ण हलमा प्रदर्शन हुन लागेको जनाएको छ ।

यसअघि २०७६ चैत २८ गते प्रदर्शनको मिति तय भएको थियो । तर, कोरोना महामारीका कारण चैत ११ गतेदेखि देशभर लकडाउन सुरु भएको थियो ।

प्रेम गीत–३ हिन्दी भाषामासमेत प्रदर्शन गर्न लागिएको आँशुसेन फिल्म प्रोडक्सनका निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।