संखुवासभा । खाँदबारी नगरपालिका वडा नं. ९ तुम्लिङटार स्थित मनकामना धाममा लाग्ने एतिहासिक एकादशी बजारमा गायक राजेश पायल राईले प्रस्तुति दिएका छन् । एकादशी बजारको अवसारमा आयोजित खेमराज गुरुङ स्मृति साँझमा उनले करिब एक घण्टा बढि प्रस्तुति दिएका हुन् । 

कोरोनाका कारण नलागेको मेला २ बर्षपछि लाग्दा खेमराज गुरुङ स्मृति साँझ आयोजना गरिएको थियो । उनीसंगै गायक कमल खत्री, गायिकाहरु मेलिना मैनाली र एलिना चौहान सहित दर्शन बढि कलाकारहरुले प्रस्तुति दिएका थिए । जिल्लाका संयोगान्त कुलुङ, नविन दाहाल, आशा अस्मी वान्तवा लगायतले प्रस्तुति दिएका थिए । लगातार दुईबर्ष पछि लागेको बजारमा हजारौं मानिसको भिँड थियो । हरिवोधिनी एकादशीको अवसरमा प्रत्येक बर्ष दुई दिन मेला लाग्ने गरेको छ । सोहि मेलालाई नै लक्षित गरि खाँदबारी नगरपालिकाले आइतबार र सोमबार सार्वजनिक विदा दिएको थियो ।