धरान । हाल अमेरिकामा रहेका गायक तथा सङ्गीतकार भुवन सुप्तिहाङ राई नयाँ नयाँ गीत मार्फत स्रोतामाझ आईरहेका छन् । 

उनको सङ्गीतमा नयाँ गीत ‘ठूली’को भिडियो सार्वजनिक भएको छ । भीम राई परदेशीको शब्द र शिव चाम्लिङको स्वर रहेको ‘ठूली’को भिडियोमा सरोज राना प्रजा र विना राउतको मुख्य अभिनय रहेको छ । भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन् ।