धरान । गायक चन्द्र बान्तवाको लोक आधुनिक गीत ‘खोज्दै साथ’ को भिडियो गीत युट्युबमा सार्वजनिक गरिएको छ । 

गायक स्वयम्को युट्युब च्यानलमा सार्वजनि गरिएको हो । भिडियोलाई नगेन्द्र लोहोरुङ राईले निर्देशन गरेका हुन् । गीतमा गायक बान्तवासहित कलाकार विष्णु लामाको अभियन रहेको छ । 

पूर्वका विभिन्न पर्यटकीय स्थलमा गीतको छायांकन गरिएको छ । निर्देशक नगेन्द्र लोहोरुङका अनुसार इलामको कन्याम, धनकुटाको भेडेटार, नमस्ते झरना, कोशी नदी र धरान आसपासमा छायांकन गरेको हो । 

गीतकार शम्भू राई पृथकको गीतमा विनोद प्रियदर्शी राईको संगीत रहेको छ । गायक बान्तवाको पहिलोपटक स्वच्छवादी गीत बजारमा सार्वजनिक भएको हो । बान्तावाको करिब आधा दर्जन गीतको म्युजिक भिडियो बजारमा आइसकेको छ 

यसअघि  ‘साकेलामा नियालेर’, ‘वराहको पानी बोकी’, ‘फूल रोपी मायाको प्रिय’ लगायतका गीत बजारमा आइसकेको छ ।