बिर्तामोड । झापा जिल्लामा रहेका विभिन्न सांगीतिक ब्याण्डका सदस्यहरू संगठित भएका छन् ।

ब्याण्ड सदस्यहरूको एक भेलाले आशिष बुढाथोकीको अध्यक्षतामा झापा ब्याण्ड एसोशिएसन गठन गरेको छ ।

समितिका वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल, उपाध्यक्षमा अर्जुन दाहाल महासचिवमा भुवन आले मगर र कोषाध्यक्षमा बिपासा बज्राचार्य चयन भएका छन् ।

त्यस्तै, सहकोषाअध्यक्षमा जोनी योञ्जन, सचिवमा आशा गुरुङ, एलिन लिम्बू र एकराज क्षेत्री छन् भने सदस्यहरूमा हिलिहाङ लिम्बू, दिपेन राजवंशी (थेपु), फिरोज राई, पवन तामाङ, बिमल लिम्बू, अदेश पौडेल, राउल राई र विश्वास उप्रेती चयन भएका छन् ।

भेलाले झापा जिल्लाभरिका नगर र गाउँमा समिति निर्माण गरी संगीत क्षेत्रलाई थप संगठित बनाउने र कार्यक्रमहरु घोषण गर्ने निर्णय गरेको छ ।