भरौल । सञ्चारकर्मी नवीन चौधरीको शब्दमा रहेको थारु जितिया पर्वलाई समावेश पारेको म्युजिक भिडियोको गित थारु चलचित्र तथा सास्कृतिम संघ सुनसरीले निमार्ण गर्दैछ ।

संघले शनिबार भिडियोको शुभ साइत गरि सुनसरीको विभिन्न भागमा शुटिँग निमार्ण  शुरु गरिएको छ । पुर्वको थारु चर्चित  गायिका अनुमा चौधरी स्वर रहेको छ भने थारु चलचित्र संघ सुनसरीको वरिष्ठ उपाध्यक्ष सुनिल चौधरीको संगित  छ भने  स्वर समेत रहेको चौधरीले रहेको  छ । गितमा एरेन्ज  अकस्टिक स्टीडियो, काठमाडौंका गणेश चौधरी गरेको छ भने मिक्स मास्टर  चन्द्र चौधरीले गरेको हुन् ।

गितमा मुख्य भुमिका मोडल सविता चौधरी रहेको छ भने उस्लाई गोविन चौधरी साथ दिएको छ ।  झण्डै  तीन दर्जन थारु चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरि सकेकी वरिष्ठ कालाकार तथा थारु चलचित्र तथा सास्कृति संघ सुनसरीका अध्यक्ष जानकी चौधरीको  भिडियो विषेश भुमिका रहेको छ ।

अध्यक्षलाई पन्नालाल चौधरी, राम्री चौधरी, प्रदीप जस्मैतलगायतले झण्डै तीन दर्जन कलाकारहरु साथ दिएको छ ।  चाँदनी स्टुडियो इटहरी उपमहानगरपालिकाको प्रोपाइटर धेरै  म्युजिक भिडियोको अनुभव बटुलेका रविन चौधरीले छायांकन गरेको छ भने भिडियोलाई कोशी भिजनले सम्पादन गर्ने भएको छ ।

नेपाली तथा थारु फिल्म क्षेत्रमा नृत्य निर्देशनमा चर्चित हो जनक चौधरी उनका अनुसार झण्डै १०० भन्दा बढी डकुमेन्ट्री तथा म्युजिक भिडियोमा नृत्य तथा निर्देशन गरि सकेका छन् ।

चौधरी अभियानमा पनि उतिकै अब्बल छन् । पछिल्लो समय निर्देशनमा व्यस्तता बढ्दो देखिन्छ । चौधरी थारु चलचित्र संघ सुनसरीका सचिव समेत हुन् ।

थारु संस्कार रहन सहन विर्सिदै गएकोले गितको माध्यबाट जगेर्ना गर्ने उदेश्य यो भिडियो निर्माण गरिएको छ । गितमा नृत्य भन्दा नि पर्व कसरी मनाइन्छ भनेर देखाउन खोजेको छ ।

संघले यस्तै पहिचान बोकेको गितमा लगानी गर्दै आएको थारु चलचित्र तथा सास्कृति संघ सुनसरीका महासचिव प्रदीप जस्मैतको भनाइ रहेको छ । यो भिडियो संघको आधिकारिक युट्युब च्यानल TFCA युट्युब च्यानल  मार्फत् जितिया पर्व अगाडि नै सार्वजनिक हुनेछ ।

jitiya