विर्तामोड । गायक तथा सङ्गीतकार रमेश कडरियाको गीतको नयाँ भिडियो सार्वजनिक भएको छ । गीतकार तिलचन आचार्यको शब्द रहेको उक्त गीतमा गायक रमेश कडरिया स्वयम्ले सङ्गीत भरेका छन् भने  गायनमा पवित्रा आचार्यले रमेशलाई साथ दिएकी छन् ।

सुमन केसीको सङ्गीत संयोजन, साजन साहको मिक्सिङ मास्टरिङ रहेको उक्त गीत ए प्लस नेपाल स्टुडियोमा रेकर्ड भएको हो । प्रेमिल शब्दहरू रहेको उक्त गीतको भिडियोमा टिकटक स्टार सुदिर श्रेष्ठ, जूना कार्कीको अभिनय रहेको छ ।

मुनाल शिशिरको निर्देशन र उत्सव दाहालको छायाङ्कनमा निर्माण भएको उक्त भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका छन् । भिडियो उत्कृष्ट बनेको र भिडियोले बजार लिन सक्ने निर्माणपक्षले जनाएको छ । युट्युब च्यानलमार्फत् भिडियो सार्वजनिक भएको हो ।