जापानी प्रधानमन्त्री योशिहिदे सुगाले पदबाट राजीनामा दिने निर्णय गरेका छन् । उनले सत्तारूढ पार्टीकाे नेतृत्वका लागी दावी समेत नहुने भन्दै  पार्टी नेताहरुलाई आफ्नो नेता छान्न आग्रह समेत गरेका छन्।

स्थानिय चुनावमा उनकाे पार्टीले हार बेहाेरेपछि  विगत केही दिनदेखि पार्टीमा उनको अालाेचना हुदै अाएकाे थियाे ।  सुगाले यस महिनामा आफ्नो कार्यकालको एक वर्ष पूरा गर्ने छन् । उनकाे राजीनामा  संगै  जापानमा उनकाे कार्यकाल सबैभन्दा छाेटाे हुनेछ । 

जापानको मिडिया एजेन्सी एनएचकेका अनुसार सुगाले शुक्रबार आफ्नो सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का नेता तथा कार्यकर्ताहरूलाई पार्टीको नेतृत्व गर्न आफ्नो उम्मेदवारी प्रस्तुत नगर्ने बताएका छन्।