श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असार १ गते सोमबार, १५ जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको औंसी तिथि ०८ः४२ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मृगशिरा ०७ः२६ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि वृष, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०७ः०० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आत्तिने समस्याले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हातमा आएको रकम तत्काल खर्चनु पर्नेछ। अरूलाई दिएको वचन पु¥याउन नसक्दा आलोचित बन्नुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला पनि जगाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारबाट टाढिनुपर्ने हुनसक्छ। छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। उधारोमा व्यापार गर्नुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम गर्नुपर्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।