धरान । गायिका मेलिना राई र गायक गोविन्द चेम्जोङ लिम्बुको स्वरमा रहेको गीत ‘झ्यालको पर्दा’ को भिडियो सार्वजनिक भएको छ । 

शैलेन्द्र थेबेको कन्सेप्टमा बनेको भिडियो निक्कै आकर्षक बनेको छ । भिडियोमा एलिसा राई र प्रदिप लामा ‘दि नेक्स्ट ग्रुप’लाई देख्न सकिन्छ ।

रामजन सुब्बाको शब्द, संगीत चन्दु गोर्खालीको संगीत संयोजन तथा चन्द्र चौधरीले मिक्सिङ मास्टरिङ्ग गरेका छन् । सोनाम लामाको निर्देशन, पवन सुस्लिङको छाँयाकन तथा सम्पादन र प्रदिप लामाको कोरियोग्राफी रहेको छ ।

भिडियो