धरान । अभिनेता सलोन बस्नेत र वर्षा राउत अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

सम्झेर एक्लै बोलको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो । गायक एसडी योगी र मेलिना मैनालीको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो । 

सलोन र वर्षालाई फिचर्ड गरिएको भिडियोलाई रामअविरल विष्ट र एसडी योगीको संगीत रहेको छ भने रिकेश गुरुङ किजले एरेञ्ज गरेका छन् । 

भिडियोलाई रिजन थापा र अभाषा उप्रेतीले निर्देशन गरेका हुन् ।