देउराली । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकाेटाले माओवादी कार्यकर्ताकाे व्यवहार देखाएकाे बताएका छन् । 

उनले सभामुखले कुनैपनि पार्टीले कसैलाई कारवाहि गरे त्यसकाे नाेटिस जारी गर्ने भएकाे भन्दै तीन दिन देखी एमालेका १४ संसदकाे कारवाहीलाई कारवाही गरेकाे जानकारी गराउँदा पनि हालसम्म सुचना जारी नगरि कागजपत्र हेर्ने भन्दै न्यायधिस बन्ने खाेजेकाे आराेप लगाएका छन् ।

ओलीले भने ' लेखराज भट्ट, टाेपबहादुर रायमाझीलगायतलाई माओवादीले कारवाही गर्दा तत्काल संसदमा सुनाइएकाे थियाे । सरिता गिरीलाई पार्टी सचेतकले पार्टीबाट निकालिएकाे छ भन्ने भित्तीकै सुनाउनु भयाे त्यसमा वहाँकाे इन्ट्रेस्टमा। अहिले  ३ दिन देखी के पर्खेर बस्नु भएकाे छ  । एमालेले हटाएका मान्छेहरू हटाइएकाे छ भन्ने सुचना किन टास्नु हुन्न ? ' 

उनले सभामुखले कागज पत्र झिकाउछु हेर्छु भन्नलाई  सभामुख न्यायाधिस नभएकाे भन्दै सभामुखकाे काम छानविन गर्ने र फैसला गर्ने नभएकाे बताएका छन् । ' कुनै पार्टीले  कसैलाई कारवाही गर्छ भने सदन छ भने सदनमा सुनाउने नभए सुचना पाटीमा सुचना टाँस्ने  काम हाे सभामुखकाे  ' ओलीले प्रश्न गरे ' माओवादीकाे कार्यकर्ता भएर एमालेका विरूद्ध काम गर्ने हाे ? माओवादी कार्यकर्ता भएर एमाले फुटाउने षड्यंत्रमा सामेल हुने हाे ? के पर्खीरहनु भएकाे छ ?  मैले नसुनाए सम्म पद कायम रहन्छ र त्यही मान्छेहरूकाे प्रयाेग गरेर एमाले विरूद्ध लाग्ने भन्ने साेचिरहनु भएकाे हाे ? '   

उनले यस्ताे गैरकानुनी ढङ्गबाट संसद चल्न नसक्ने र कार्यकताकाे रूपमा सभामुख हुन नहुने भन्दै निस्पक्ष सभामुखकाे भुमिका रहनु पर्ने बताएका छन् । उनले यदी निष्पक्षता अपनाउन नसके सभामुख पदबाट छाेड्न भनेका छन् ।