नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा के त्यस्ताे आइपर्याे र अध्यादेश ल्याइयाे भन्दै  सरकार समक्ष प्रश्न गरेका छन् । उनले केहीसमय अघि अदालतले राष्ट्रिय अवश्यकता बिना अध्यादेश ल्याउन नपाइने भन्दै गरेकाे फैसलाकाे अपमान भएकाे बताएका छन् ।

उनले पार्टी भित्र भएकाे सत्ता लाेलुपताकाे माग अनुसार अध्यादेश ल्याइएकाे बताएका छन् ।  उनले भने ' संसद अधिवेशन १२ बजे राती गरियाे, बिहान कार्यालय खाेल्नै नपाइ अध्यादेश आयाे । यसकाे ड्राफ कतिबेला आयाे ? याे पूर्व तैयारी अनुसार भएकाे बदनियत पूर्ण कार्य हाे ?  '

उनले पार्टी भित्र भएकाे अन्तरिक बिबाद  राष्ट्रिय समस्या नहुने भन्दै सरकार गठन गर्न नसकेका कारण अध्यादेश ल्याउन परेकाे भन्नुकाे अर्थ नबुझिएकाे बताएका छन् ।