विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०४ जनामा कोरोना संक्रमण भएको छ । 

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१५ महिला र २१६ पुरुष छन् । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार कुल १ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २९९ को रिपोर्ट पोजेटिभ आएको छ भने १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा कोरोना संक्रमण देखिएको छ । 

पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०५, मोरङमा १०४, झापामा ६९, धनकुटामा ९, उदयपुरमा ३, इलाममा २, पाँचथर, तेह्रथुम र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

यस्तै, मोरङको विराटनगरमा ४३, लेटाङमा ३६, करोबारीमा १७, बेलबारीमा ४, उर्लाबारीमा २, कानेपोखरी र स्थानीय तह नखुलेका १–१ जनामा पनि संक्रमण देखिएको छ । 

धनकुटाको धनकुटामा ५, पाख्रिवासमा ३, स्थानीय तह नखुलेका १, उदयपुरको चौदण्डीगढी, बेलका र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुलीमा २, पाँचथरको फिदिम, तेह्रथुमको मेन्छेयायम र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको  छ ।

सुनसरीको धरानमा ८३ जना, इटहरीमा १३ जना, बराहक्षेत्रमा २ जना, रामधुनी र इनरुवामा १–१ जना र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको छ । 

 यसैगरि, झापाको दमकमा ३३, भद्रपुरमा १७, मेचीनगरमा ६, विर्तामोडमा ४, बुद्धशान्ति, गौरादह र कमल गाउँपालिकामा २–२ जना, बाह्रदशी, शिवसताक्षी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।