यासोक/  पाँचथरको कुम्मायक गाउँपालिकामा कोरोना संक्रमित एक युवाको मृत्यु भएको छ ।

कुम्मायक—५ का कोरोना संक्रमित भई घरमै बस्दै आएका २० वर्षका युवाको मृत्यु भएको हो । केही दिन अघि कोरोना संक्रमित भई होम आइसुलेसनमा बस्दै आएका उनको शनिवार बिहान मृत्यु भएको हो ।

शुक्रबार बेलुकासम्म स्वास्थ्य कुनै समस्या थिएन् । परिवार श्रोतले भन्यो बिहान संक्रमणले च्यापेपछी थप उपचारको लागि जिल्ला अस्पताल लादा लादै बाटैमा मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

यस अघि पनि सोही वडामा कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । गाउँपालिकामा संक्रमितको संख्या बढ्दै जानथालेपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ ।