अश्लिल भिडियाे बनाएकाे भन्दै १९ जुलाइमा पक्राउ परेका भारतीय अभिनेत्री शिल्पा शेट्टीका पति व्यापारी राज कुन्द्रालाई  अदलतले १४ दिनका लागि न्यायिक हिरासतमा लिन अनुमति दिएकाे छ  । 

मुम्बइ अपराध महाशाखामा फेवरुअरीमै पाेर्नाेग्राफी  र्याकेटको पर्दाफास भएकाे भए पनि  प्रसिद्ध व्यापारी र शिल्पा शेट्टीका पति राज कुन्द्रासँग जाेडिन पुगेपछि प्रहरीले अनुसन्धानलाइ तीव्रता दिएकाे थियाे । 

अश्लील भिडियो बनाउने मामलामा फसेकी शिल्पा शेट्टीका पति  व्यापारी राज कुन्द्रालाई १४ दिनको लागि न्यायिक हिरासतमा राखिएको छ। उनलाई जुलाई १ मा  मुम्बइ प्रहरीकाे अपराध शाखाले पक्राउ गरेको थियो।  पाँच महिनासम्म  चलेकाे जाँचपछि  कुन्द्रा विरूद्ध ठाेस सबुत मिलेपछि  उनलाई पक्राउ गरिएकाे मुम्बई प्रहरीकाे अपराध शाखाले जनाएकाे छ । 

कुन्द्राविरूद्ध पाेर्न भिडियाे बनाउने र विभिन्न एप काे माध्यमबाट त्यसकाे उद्याेग संञ्चालन गरेकाे आरोप छ  ।