विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु प्रकाशित भएको छ ।  

चीनमा एक अर्ब ४७ करोड १६ लाख ५ हजार  डोज कोरोनाविरुद्ध खोप लगाइएको छ  । भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

अमेरिकामा  ३३ करोड ८७ लाख ३८ हजार १२५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १२ करोड ३१ लाख ११ हजार ९०० डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ  । 

जर्मनी ८ करोड ७८ लाख ७३ हजार ७२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।  बेलायतमा ८ करोड ३७ लाख २२ हजार ५१४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । 

जापान ७ करोड ३९  लाख ७० हजार ८८८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ७४ लाख २ हजार ६९० डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड ४६ लाख २३ हजार ४६३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली  ६ करोड  ३८ लाख ७९ हजार ३९१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

- रासस/एएफपी