वराहक्षेत्र÷कोभिड १९ कोरोना महामारीको लकडाउनमा रोजगार गुमाएका विपन्न मजदुर लाई राहत सहयोग गर्ने राजनितिक पार्टीका युवाहरु वराहक्षेत्रमा सक्रिय भएर लागेका छन् ।

यसै क्रममा शनिवार माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिगले नगरपालिकाको वार्ड नं १ मा करिव तीन दर्जन मजदुर लाई, ३४ हजार रुपैंया बराबरको खाद्यान, चामल र नून वितरण गरेको छ ।

वार्डको खारखोला,कटहरे,लालबस्ती, गैरीटोल र आइबी कोलेनी स्थानका परिवार लाई, जनही २५ किलो तौलको चामल एक बोरा र एक किलो नून उपलब्ध गराइएको वाइसीएलका सुनसरी जिल्ला सदस्य तथा नगर संयोजक प्रेम घिमिरेले बताए ।

राहत लाई वाइसीएल प्रदेश १ सदस्य नविन केसी, सुनसरी जिल्ला अध्यक्ष भुवन यक्खा,सेकसन ˚या्क्सन इन्चार्ज पुर्ण भुजेलले २५ हजार र वराहक्षेत्र नगर अध्यक्ष कमल कटुवाले ८ हजार ५ सय रुपैंया सहयोग गरेको घिमिरेले बताए ।

राहत वितरणमा माओवादीको प्रदेश, जिल्ला नगर र वार्ड नं १ का अध्यक्ष रन्जित लोहनी, २ नं ईन्चार्ज लंकमान विक लगायत नेता तथा पार्टी कार्यकर्ताहरु रन्जित कार्की,,भिम लकान्द्री र गौरव राई सहभागि रहेका थिए ।

आवश्यक अनुसार नगरपालिकाको सबै वार्डहरुमा सय परिवार लाई खाद्यान वाड्ने योजना रहेको भन्दै घिमिरेले ,महामारी को समयमा राजनिति लाइ अलग राखेर सबैले हातेमालो गर्दै मानव सेवामा जुट्न आग्रह गरे । उनले सहयोग गर्न चाहने इच्छुक दाताले फोन नं ९८६६७९५०२४ मा सम्पर्क गर्न सकिने बताए ।