विजयपुर/जातीय विभेद र अन्तरजातीय प्रेम कथामा आधारित लघु चलचित्र ‘तिरस्कार’ सार्वजनिक भएको छ । 

सुबिन विश्वकर्माको लेखन तथा निर्देशनमा बनेको चलचित्र उनकै युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो । चलचित्रको छायाङ्कन राकेश राईले गरेका छन् ।

न्यू सङ्गीता मेडिकल हल तथा सुनौलो फार्मेसी, दलित सेवा सङ्घ उपशाखा वराहक्षेत्र, विनायक कृषि सहकारी संस्था लिमिटेड, दर्पण अग्र्यानिक कृषि रिसर्च सेण्टर र कालिन्द्रा सामुदायिक वनको विशेष सहयोगमा फिल्म बनेको हो । सुरज राईले फिल्मको निर्माण गरेका हुन् ।

उनले चलचित्रमार्फत् जातीय विभेद समेटिएको चलचित्र लिएर आएको बताए । 

चलचित्रमा अन्तरजातीय प्रेममा आइपर्ने चुनौती तथा समाधान देखाउन खोजिएको निर्देशक विश्वकर्मा बताउँछन् । उनी भन्छन्, ‘चलचित्रमार्फत् धेरै नभए पनि केही मात्रामा अन्तरजातीय प्रेम विवाहलाई प्रोत्साहन मिल्छ भन्ने छ ।’

पिल्म सदावहार मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो । अध्यक्ष तथा प्रधान सम्पादक विजय राउतका अनुसार फिल्ममा मेनुका प्रधान, पल्लवी परियार, मिलन विश्वकर्मा, अवियोग राई, छबिना मगर, गनेश राउत, विक्रम कर्ण, रोहिता भट्टराई, सुरक्षा कार्की, ललिता प्रधान, विनोद रसाइली (जुरेली), लक्ष्मण खनाल, सुरेश कार्की ढोलीलगायतको अभिनय रहेको छ ।