ब्लाष्टखबर । क्यानडामा एक संसद जुम भिडियाे सम्मेलनमा नग्न अवस्थामा सामेल भएपछि उनकाे तिब्ररूपमा आलाेचना भइरहेकाे छ ।

आफ्नाे गाेप्य माेबाइलले छाेपेर पूर्ण नग्न अवस्थाम सम्मेलनमा सामेल भएका क्युवेकका  सत्तारूढ लिबरल पार्टीका संसद ४६ वर्षीय विलियम आमाेसकाे उक्त कार्य प्रति महिला संसदहरूले सहनसिलता भन्दा बाहिरकाे भएकाे बताएका छन् ।

प्रधानमन्त्री जस्टिन ट्रूटाे समेत सामेल रहेकाे भर्चुअल कन्फ्रेन्समा संसदहरू विच प्रश्नउत्तर चलिरहका बेला विलियमले आफ्नाे क्यामेरा खाेले संगै नग्न अवस्थामा देखा परेका थिए ।

उक्त घटनालाई लिएर विपक्षी पार्टीका सार्सद क्लाउड बेलेफाेलीले कडा  प्रतिकृया दिएकी छिन् । महिला सांसदले सांसद जस्ताे व्यक्तिलाई कपडा लगाउने जस्ताे सानाे कुरापनि ख्याल नहुनु  गम्भिर विषय भएकाे बताएका छन् ।

प्रधानमन्त्री जस्टिनले भने उक्त विषयमा कुनै प्रतिकृया दिएका छैनन् ।

घटनापछि नग्न अवथामा देखापरेका सांसदले भने सामाजिक संञ्जाल ट्विटर मार्फत माफि मागेका छन् ।