सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत वराहक्षेत्र वडा नं. ३ मा ९२ जनालाई जस्तापाता छानामुनि ल्याइने भएको छ । 

पराल तथा खरको छाना भएको घर परिवारलाई जस्तापाता छानामुनि ल्याउने गरी सुरक्षित नागरिक आवास निर्माणका लागि सम्झौता गर्न वडा कार्यालयले सूचना प्रकाशित गरेको छ । 

वराहक्षेत्र ३ नम्बर वडा कार्यालयअन्तर्गत आएका नामावलीमा समावेश भई आएअनुसार सम्झौता गरिने वडाध्यक्ष रुद्र दाहालले जानकारी दिए । आवास निर्माण सम्झौताका लागि बैंक खाता खोल्न अनिवार्य रहेकाले वडावासीलाई सम्पर्क गर्न वडाले सूचना जारी गरेको छ ।



पराल तथा खरको छाना भएको धर परिवारलाई जस्तापाता छानामुनि ल्याउने गरी सुरक्षीत नागरिक आवास निर्माणका लागि यस वडा अन्तर्गत...

Posted by बराहक्षेत्र नगरपालिका ३ न. वडा कार्यालय on Sunday, April 11, 2021