बेलबारी नगरपालिकाको ७ औ नगरसभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक र सौर्यउर्जा प्रवर्धन विधेयक पास गरेको छ ।

सोमबार सम्पन्न नगरसभाले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्नका साथै प्राकृतिक स्रोतको समुचित उपयोग एवम दीगो व्यवस्थापन गर्नका लागि वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धि कानून बनाएको  नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । 

यस्तै नगरसभाले आफनो नगरमा आफै वैकल्पिक उर्जा उत्पादन गर्ने गरी सौर्यउर्जा प्रवर्धन विधेयक पास गरेको छ । बेलबारीले वैकल्पिक उर्जा उत्पादन गर्ने तयारी गरीहरेको छ । 

प्रकृतिमा निरन्तर रुपमा प्राप्त भइरहने र प्रयोगबाट न्यून वातावरणीय असर पर्ने  भएकाले वैकल्पिक उर्जामा जोड दिएको नगर प्रमुख सुवेदीले बताए । 

वातावरणीय असर समेत नगर्ने भएपछि वैकल्पिक उर्जामा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह बताउँछन् । फागुन २९ गतेदेखि सुरु भएको नगरसभा दुई वटा विधेयकहरु पारित गर्दै मंगलबार सकिएको हो ।