मोरङमा तेस्रो चरणमा कोरोना भाइर विरूद्धको खोप अभियान सुरू हुने भएको छ । 

फ्रन्ट लाइनमा रहेर काम गर्नेहरूलाई पहिलो र दोस्रो चरणमा कोरोना विरुद्धको खोप लगाएपछि ज्येष्ठ नागरिकहरूको लागि तेस्रो चरणमा खोप लगाउन सुरू गरिन लागिएको हो ।

तेस्रो चरणको कोरानो विरुद्धको खोप अभियान फागुन २३ गतेदेखि सुरू हुने स्वास्थ्य कार्यालय मोरङले मंगलबार बिहान पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । स्वास्थ्य कार्यालयले तेस्रो चरणमा १ लाख ३५ हजार ४ सय ९३ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखेको जनवास्थ्य प्रमुख डा. सुरेश मेहेताले जानकारी दिए । 

खोप भ्याक्सिनेटहरुको लागि फागुन २० देखि २२ गतेसम्म तालिम दिएपछि तेस्रो चरणको अभियानको लागि खोप लगाउन उनीहरु फिल्डमा खट्नेछन् । 

पहिलो र दोस्रो चरणमा मोरङमा ११ हजारले लगाए खोप

मोरङमा पहिलो र दोस्रो चरणको कोरोना विरूद्धको खोप अभियानमा ९२.५ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । स्वास्थ्य कार्यालयको अनुसार पहिलो र दोस्रो चरणमा मोरङमा फ्रन्टलाइनमा रहेर काम गर्ने ११ हजार १ सय ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । 

जनवास्थ्य प्रमुख डा. सुरेश मेहताका अनुसार मोरङमा पहिलो चरणमा ५ हजार ८ सय ५९ र दोस्रो चरणमा ५ हजार ३ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । माघ १४ देखि २४ गतेसम्मको पहिलो चरणमा मोरङको ८ वटा स्थानमा कोराना विरुद्धको खोप लगाउने केन्द्र तोकिएको थियो ।

दोस्रो चरणको फागनु १ देखि १० गतेसम्म मोरङको ९ वटा खोप केन्द्रबाट कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय मोरङका खोप अधिकृत रामनन्दन यादवले जानकारी दिए ।