विराटनगर/ मोरङमा तेस्रो चरणमा कोरोना भाइर विरूद्धको खोप अभियान सुरू हुने भएको छ । फन्ट लाइनमा रहेर काम गर्नेहरूलाई पहिलो र दोस्रो चरणमा कोरोना विरुद्धको खोप लगाएपछि ज्येष्ठ नागरिकहरूको लागि तेस्रो चरणमा खोप लगाउन सुरू गरिन लागेको हो ।

तेस्रो चरणको कोरानो विरुद्धको खोप अभियान फागुन २३ गतेदेखि सुरू हुने स्वास्थ्य कार्यालय मोरङले मंगलबार बिहान पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । स्वास्थ्य कार्यालयले तेस्रो चरणमा १ लाख ३५ हजार ४ सय ९३ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखेको जनवास्थ्य प्रमुख डा. सुरेश मेहेताले जानकारी दिए ।

तेस्रो चरणमा ५५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरूलाई पहिलो प्राथामिकतामा राखेर खोप लगाउने तयारी गरिएको उनले जानकारी दिए । ‘फन्टलाइनमा रहेर काममा खटिनेहरूले पहिलो र दोस्रो चरणमा खोप लगाएपछि तेस्रो चरणको मोरङमा खोप अभियान सुरु हुन लागेको छ,’ उनले भने, ‘हामीले यसको तयारी तिव्र बनाएका छौं ।’ तेस्रो चरणमा खोप अभियान संचालनको लागि खोप भ्याक्सिनेटरहरुको लागि तालिमको पनि व्यवस्था गरिएको छ । 

खोप भ्याक्सिनेटहरुको लागि फागुन २० देखि २२ गतेसम्म तालिम दिएपछि तेस्रो चरणको अभियानको लागि खोप लगाउन उनीहरु फिल्टमा खटिनेछन् । तालिममा स्थानिय तहमा रहेका स्वास्थ्य संस्थाका प्रमुख, मेडिकल अधिकृत र स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागित हुनेछ ।

‘तालिम दिनुभन्दा अगाडी खोप लागउने केन्द्रहरूमा भ्याक्सिन तथा खोपजन्य सामाग्रीहरु स्थानियका स्वास्थ्य संस्थाहरूमा फागुन २२ गतेभित्रमा पुगिसक्छ,’ डा. मेहताले भने । फागुन १७ देखि २२ गतेसम्म स्थानिय तहको खोप समन्वय समितिको बैठक, वडा खोप समन्वय समितिको बैठक, महिला स्वयमसेविकाहरुको गोष्ठी र भ्याक्सिन तथा खोपजन्य सामाग्रीहरु स्थानिय तहको स्वास्थ्य संस्थाहरुमा पु¥याउने कार्यक्रम रहेको छ । 

पहिलो र दोस्रो चरणमा मोरङमा ११ हजारले लगाए खोप

मोरङमा पहिलो र दोस्रो चरणको कोरोना विरूद्धको खोप अभियानमा ९२.५ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । स्वास्थ्य कार्यालयको अनुसार पहिलो र दोस्रो चरणमा मोरङमा फन्ट लाइनमा रहेर काम गर्ने ११ हजार १ सय ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । 

जनवास्थ्य प्रमुख डा. सुरेश मेहताका अनुसार मोरङमा पहिलो चरणमा ५ हजार ८ सय ५९ र दोस्रो चरणमा ५ हजार ३ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । माघ १४ देखि २४ गतेसम्मको पहिलो चरणमा मोरङको ८ वटा स्थानमा कोराना विरुद्धको खोप लगाउने केन्द्र तोकिएको थियो ।

दोस्रो चरणको फागनु १ देखि १० गतेसम्म मोरङको ९ वटा खोप केन्द्रबाट कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय मोरङका खोप अधिकृत रामनन्दन यादवले जानकारी दिए । जनवास्थ्य प्रमुख डा. मेहतालले कोरोना विरुद्धको खोपले संक्रमण रोक्न प्रभावकारी हुने भएकोले निर्धर भएर लगाउन सबैलाई आग्रह गरेका छन् । ‘अहिले हल्ला आएजस्तोले कोभिड १९ को खोपले त्यस्तो कुनै साइट इफेक्ट गर्दैन्,’ डा. मेहताले भने, ‘निर्धक्क भएर सबैलाई लगाउन आग्रह गर्दछु ।’