पथरी। राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम अन्र्तगत सरकारले यस बर्ष देशभर १३ वटा जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि सुवाउने कार्यक्रमको तयारी गरेको छ । अभियान अन्र्तरगत प्रदेश १ मा झापा, मोरङ र धनकुटा जिल्लाका सबै पालिकामा फागुन २८ गते देखि एकैसाथ सुवाउने तयारी गरेको हो ।

मोरङको कानेपोखरी गाउँपालिकाले बुधबार गाउँपालिका स्तरीय योजना तथा बहुनिकाय गोष्ठीको आयोजना गरी औषधि खुवाउने कार्यक्रम अघि बढाईएको छ । गोष्ठीमा जनप्रतिनिधि, स्वास्थ्य चौकीका प्रमुख, पालिकाको फाट प्रमुखहरु सहभागी थिए । गाउँपालिकाले फागुन २९ गते देखी सवै वडामा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम एकै साथ सुरु गर्ने तयारी गरेको गाउँपालिकाको स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए । 

गाउँपालिकाको अध्यक्ष ताराबहादुर काफ्लेले यस बर्ष पनि सतप्रतिशत हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम सफल बनाउन सबैमा आग्रह गरेका छन् । खुवाईने औषधिको अभियानका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम सेविका, वडाका पाँच स्थानमा विभिन्न सामाजिक संघसंस्थासँग अन्तरक्रिया क्रमश गर्दै जाने पालिकाका स्वास्थ्य शाखा  अधिकृत उदयकान्त सेठले बताए ।

यस बर्ष पनि स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम सेविकाहरु वडाको घरघरमा गई हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउने तयारी गाउँपालिकाले गरेको छ । गत बर्ष गाउँपालिकामा ७० प्रतिशतले हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरेको स्वास्थ्य संयोजक राजभण्डारीले बताए ।

औषधीको मात्र २ देखी ५ बर्षको उमेर समूहकोलाई डिइसी १ चक्कीर जुकाकी औषधि १ चक्की, ६ देखी १४ बर्ष उमेर समूहको लागि डिइसी २ चक्की र जुकाको औषधी १ चक्की र १५ बर्ष देखीमाथी उमेर समूहको लागि डिइसी ३ चक्की र जुकाको औषधी १ चक्कीखानुपर्ने प्रावधान रहेको छ ।

यो हात्तीपाईले रोग विरुद्धको औषधि खान खाएपछि मात्र सेवन गर्नु पर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । औषधी सेवन पछि कुनै व्यक्तिमा केही असरहरु देखिएमा त्यस व्यक्तिको शरिरमा परजिविको संक्रमण भएको हुनसक्ने बताईएको छ । हात्तीपाईले रोग विरुद्धको औषधि दिर्घरोगी, गर्भवती, सुत्केरी भएको सात भित्रका र दुई बर्ष देखी मुनिका बालबालिकाहरुले सेवन गर्न नहुने स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।