धरान/धरान आर्दश स्कुलको सप्ताहव्यापी खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा सुजल श्रेष्ठको समूह विजेता बनेको छ । 

स्कुलको १० वटा समूहबीचको स्पर्धामा सुजल श्रेष्ठ, अभिजन पौडेल र बिमला बस्नेतको समूह विजेता बनेको हो । समूह ५ का उनीहरूले कुल १७० अङ्क ल्याएका थिए । त्यस्तै अर्मान शेख, अनिशा थापा र धिरेन तोलाङीको समूह दोस्रो बनेको छ । यस समूहले १५० अङ्क ल्याएको हो । त्यस्तै किशोर अधिकारी, विनिता यादव र अनमोल कोइरालाको समूह तेस्रो बनेको छ । उक्त समूहले ११० अङ्क बटुलेको स्कुलका प्रिन्सिपल एवम् निर्देशक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । 

dharan_aadrasa (1)

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत म्याराथुन, हाइकिङ, वक्तृत्वकला, गायन, नृत्यलगायतको प्रतियोगिता सम्पन्न भइसकेका छन् । मङ्गलबार स्कुलले ५३ औं वार्षिकोत्सव मनाउँदै छ । त्यसक्रममा विजेताहरूलाई पुरस्कृत गरिने भएको छ ।

dharan_aadrasa (2)