ब्लाष्टखबर ।  इटहरी उपमहानगरमा अपाङ्गगता भएका ब्यक्ति तथा बालबालिकाका लागि भएको निशुल्क स्वास्थ्य शिविरमा १ हजार १ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

माघ १८ देखि २७ गते सम्म १० संञ्चालनभएकाे स्वास्थ्य शिविरमा  प्रत्येक वडाका अपाङ्गगता भएका ब्यक्तिहरुलाई सहज हुने स्थानमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

अपाङ्गगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । इटहरी उपमहानगर,प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षिय साझेदारीमा इटहरी उपमहानगरमा अपाङ्गगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ ।

शिविरकाे माघ १८ गते वडा नम्वर २ को पूराणचाेकमा अपाङ्गगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम समन्वय समिति संयोजक उपमेयर लक्ष्मी गौतमले उद्घाटन गरेकी थिइन् ।

 स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषण सम्बन्धि परामर्श दिइएको छ ।  हाडजोर्नीको अप्रेसन र हातखुटटा बाङ्गगिएको भए उपचारका लागि रेफर गरिएको छ ।

यस्तै, अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक समाग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार गरिएको छ ।

उपमेयर लक्ष्मी गौतमका अनुसार इटहरीमा  सर्भे गर्दा १८ सय अपाङ्गगता भएका ब्यक्ति पाइएको थियो । यो स्वास्थ्य शिविरबाट परिचय पत्र बनाउन चार सय १३ जना छुटेको पाइएको छ ।

उनिहरुको परिचय पत्रका लागि सूचिकृत गरिएको छ । छुटेका ब्यक्तिहरुको परिचय पत्र बनाएर वडा वडा वाट वितरण गरिने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिइन्  ।

शिविरबाट सेतो छडि, हिवल चेयर, कृतिम अंग प्रदान गर्नुपर्नेहरुको सूचि तयार गरिएको छ ।  उनहरुलाई ती समाग्री प्रदान गरिएको छ । आफनै गाँउ ठाँउमै स्वास्थ परीक्षण गर्न पाउदा अपाङ्गगता भएका ब्यक्तिहरु उत्साहित भएका छन ।