ब्लाष्टखबर । उत्तरी सिरियाकाे एक औद्योगिक केन्द्रमा भएकाे शक्तिशाली कार बम विष्फोटमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । 

टर्की स्थित एक संञ्चारमाध्यमका अनुसार उक्त विष्फोटमा परी कम्तीमा २५ जना मानिसहरु घाइते भएका छन्  । टर्की रक्षा मन्त्रालयका अनुसार अफ्रिनको औद्योगिक केन्द्रमा शनिबार उक्त विष्फोटकाे जिम्मा हालसम्म कसैले नलिएपनि मन्त्रालयले भने यो आक्रमण सिरिया कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट्स (वाईपीजी) का लडाकुले गराएको आरोप लगाएको छ ।