ब्लाष्टखबर । नेकपा कम्युनिष्ट पार्टीकाे आधिकारीकताका बारेमा टेलिभिजनमा नबाेल्न वरिष्ट नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई सुझाएका छन् ।

शुक्रबार  प्रचण्ड नेपाल समुहले विराटनगरमा आयाेजना भएकाे आमसभामा  बाेल्दै नेता खनालले केन्द्रीय कमिटीमा दुई तिहाई बहुमत रहेकाे  प्रचण्ड र नेपाल अध्यक्ष भएको नेकपा आधिकारिक रहेकाे बताएका छन् । 

 नेकपाकाे प्रचण्ड–माधव समुहकाे पक्षमा  जिल्ला, प्रदेश, सचिवालय लगायतमा बहुमत रहेकाे  समेत दावी गरेका छन् । 

नेता खनालले प्रधानमन्त्री ओली ठग नम्बर एक रहकाे बताएका छन् । उनले ओली जेलमा बसेकाे समयमा  रामायण र महाभारत पढ्ने गरेकाे र  त्यसमा पनि सकुनी बारे पढेकाे बताउँदै सकुनी केपी ओलीकाे रूपमा कम्युनिष्ट पार्टीमा रहकाे बताएका छन् ।