ब्लाष्टखबर । नेकपाकाे प्रचण्ड– नेपाल समुहद्वारा प्रतिनिधिसभा विघटनको बिराेधमा  विराटनगरमा आयाेजित भेलामा समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली बेइमान भएको बताएका छन् ।

प्रचण्डले नेकपा पार्टी एकताका क्रममा आलो–पालो प्रधानमन्त्री र अध्यक्ष बन्ने भन्ने सर्त भएपनि प्रधानमन्त्री ओलीले सर्त  बिर्सिएर बेइमानी गरेकाे बताएका हुन्  । 

उनले भने ' मेरै प्रस्तावबाट पार्टी एकता भएकाे हाे । तर तीन वर्ष पुग्दा–नपुग्दै पार्टी दुई भयो । एकता गर्दा आलो–पालो अध्यक्ष बन्ने र प्रधानमन्त्री आलो–पालो बन्ने  शर्त बिर्सिनुभयो । त्यसमा उहाँको पनि हस्ताक्षर छ । तर उहाँ बेइमान निस्किनुभयो, धूर्त निस्किनु भयो ।'

उनले प्रधानमन्त्री ओली प्रतिक्रान्तिहरूको गोटी बनेकाे भन्दै सामन्तवादी, पूँजीपति र दलालसमक्ष लम्पसार  परेर संसद भङ्ग गरेर खलनाएक बनेकाे बताएका छन् ।