विराटनगर ।  मोरङको मिक्लाजुङ गाउँपाकिला १ बर्खेस्थित सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापकको हत्या आरोपमा विप्लप सूमह मोरङका इन्चार्ज पक्राउ परेका छन् । 

प्रधानध्यापक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा मोरङ प्रहरीले विप्लप समूहका मोरङ इन्चार्ज डि.बि सिलवाल भन्ने धन बहादुर बि.कलाई पेस्तोलसहित पक्राउ गरेको हो । 

संखुवासभाको मादी नगरपालिका ४ ओखरबोटे घर भएका ३२ वर्षिय  बि.कलाई मोरङको बुढीगंगा गाउँपालिका ४ निमुवास्थितबाट बुधबार साझ पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

एसपी खड्का अनुसार पक्राउ परका विक गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका १ बर्खेका प्रधानध्याकप श्रेष्ठको हत्यामा संलग्न छन् । श्रेष्ठको घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो ।

‘शिक्षक श्रेष्ठ हत्या गर्न बिकले आदेश दिएको र घटनामा पनि संलग्न रहेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी खड्काले भने, ‘शिक्षक श्रेष्ठलाई घरबाट लैजादा ६ जनाको समूहमा बिक पनि सहभागि भएको खुलेको छ ।’ 

हत्याको घटना अनुसन्धान सिलसिलामा प्रहरीले उनी संलग्न रहेको यसअघि नै पत्ता लगाएको थियो ।

‘मृतकको लाश सनाखत गर्ने क्रममा शिक्षकलाई घरबाट अपहरण गरी लैजाँदा पक्राउ परेका बिक रहेको खुलेको छ,’ एसपी खड्काले भने, ‘शिक्षक हत्यामा संलग्न अरूको पनि खोजी कार्य तिव्र बनाएको छ ।’ यस घटनामा संलग्न अरुका पनि पक्राउ पर्ने उनले बताए । ‘हामीले यस घटनाको विस्तृत अनुसन्धान गर्दै आएका छौं,’ एसपी खड्काले भने, ‘घटनामा संलग्न सबैलाई पक्राउ गरि कारवाहीको दायारमा ल्याउनछौं ।’

यसरी पक्राउ परेका बिक 

विप्लप समूहले आद्यौगी नगरी विराटनगरका व्यापारीलाई चन्दा मागेर हैरानी दिएको सूचना मोरङ प्रहरीमा पुगेको थियोे । मोरङ प्रहरीले धन्दा माग्ने विप्लप समूहका कार्यकर्ता पक्राउ गर्न मोरङ प्रहरीले टिम बनाएको थियो ।

विशेष अनुसन्धान टिमले लामो समयदेखि विप्लप समूहका कार्यकता खोजीमा थियो । ‘औद्योगी क्षेत्र बुढीगंगा ४  निमुवामा बिक आएर व्यावासीहरूसँग चन्दा माग्दै गरेको जानकारी पाएपछि मोरङ प्रहरीबाट खटिएको टोलीले पक्राउ गरेको हो,’ एसपी खड्काले भने, ‘पक्राउ आएको बिकको साथबाट हातहतियार पनि फेला पर्यो ।’

पक्राउ परेका बिकले विप्लप समूहको इन्चार्जको जिम्मेवारी पाएको दुई साता भएको छ । शिक्षक हत्या गर्दा उनले मेची–कोशी अञ्चलको कार्यालय सचिबको जिम्मेवारी पाएका थिए ।

विप्लप समूहको केही दिन अगाडी सिन्धुलीमा भएको भेलापछि बिकले मोरङ इन्चार्जको जिम्मेवारी पाएपछि मोरङमा आएर लुकीछुपी बसेर ब्यापारीलाई धाकधम्की दिदै चन्दा असुली गरेको  प्रहरीले भनाई छ । 

शिक्षक श्रेष्ठको हत्यामा संलग्न विप्लव कार्यकर्ता कसैलाई पनि प्रहरीले फेला पार्न सकेको थिएन । 

पक्राउ परेका बिकको साथबाट पेस्तोलको म्यागजिन, गोली तीन थान पनि बरामद भएको छ । शिक्षक श्रेष्ठलाई छ जनाको समूहमा आएको विप्लव माओवादीको समूहले अपहरण गरी जंगलमा लगेर हत्या गरेको थियो ।