देउराली ।  नेकपा विप्लप समूहका मोरङ इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भन्ने ३२ वर्षीय धनबहादुर विकलाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । 

पक्राउ परेका विकको साथबाट प्रहरील एक थान सेमी अटोमेटिक पेस्तोल र तीन थान गोली बरामद गरेका कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरिक्षक मानबहादुर राईले बताएका छन् ।  

संखुवासभा जिल्लाको मादि नगरपालीका ४ ओखरबोटे घर भएका विक मिक्लाजुङ गाउँपालिको  वडानम्बर १ बर्खेका राजेन्द्र श्रेष्ठलाई कर्तव्य गरी मारेको कसुरका प्रतिवादी समेत रहको खुलेको प्रवक्ता राईले बताएका छन् ।

राईका अनुसार मोरङका उद्योगी व्यवसायीहरुलाई धम्की दिई चन्दा असुली गरिरहेको भन्ने सुचनाका आधारमा बुधबार दिउसो करिब २ कार्यालयबाट खटिएको प्रहरी टोलीले बुढीगंगा गाउँपालीका ४ बाट विकलाई पक्राउ गरेको हो ।