भण्टाबारी । सप्तरी जिल्लाको राजविराजमा एउटा जंगली हात्ती करेन्ट लागेर मरेको छ । 

गहुँ खेतमा लगाइएको करेन्ट लागेर हात्तीको मृत्यु भएको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । डेढमहिनाअघि पनि सप्तरीमा करेन्ट लागेर मरेको थियो । यसबारे थप अनुसन्धान भइरहेको आरक्ष प्रशासनले जनाएको छ ।