ब्लाष्टखबर । धरानमा खैरो हेरोईनसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार उपमहानगरपालिकाको ८ नम्बर वडा स्थित हरियालीबाट धरान ८ अरुण टोलका ३७ वर्षीय शुक्रराज मोक्तान र वडानम्बर १९ का ३० वर्षीय दिपेश श्रेष्ठलाई ९ ग्राम खैरो हेरोईनसहित पक्राउ गरेको हो । 

मंगलबार दिउसो अन्दाजी ३ बजे को १ प  २० ६४११ नम्बरको स्कुटरमा सवार उनिहरुलाई चेकजाँच गर्ने क्रममा कार्यालयबाट खएिको प्रहरी टोलीले मोक्तानले लगाएको ज्याकेटको गोजीबाट सो परिमाणको लागुऔषध खैरो हेरोईन बरामद भएको कार्यालयले जनाएको छ ।

बरामद उक्त लागुऔषध खैरो हेरोईन ओसार पोसारमा दुबैको संलग्नला रहेको खुलेको प्रहरी कार्यालयले जनाएको छ । 

त्यस्तै, मंगलबार नै उपमहानगरको ६ नम्बर वडाको पानबारीमा धरान केराबारी सडक खण्डमा चेकजाँचका क्रममा १ ग्राम खैरो हेरोईनसहित थप २ जना पक्राउ परेको कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरुमा धरान १५ अरुण टोलका ३० वर्षीय प्रम तामाङ र वडा नम्बर ८ का २४ वर्षीय जोन तामाङरहेको कार्यालयले जनाएको छ ।

केराबारीतर्फबाट धरानतर्फ आउँदै गरेको को १६ प ९७९२ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई चेकजाँच गर्दा मोटरसाइकल चालक प्रेमले लगाएको हेलमेट भित्र लुकाएर बोकेको अवस्थामा उक्त परिमाण्को खैरो हिरोईन बरामद भएको थियो ।

बरामद उक्त लागुऔषध खैरो हेरोईन ओसार पोसारमा दुबैको संलग्नला रहेको खुलेको प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका चारैजनालाई सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।