विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाको कानूनी सल्लाकारमा अधिवक्ता भरत थापालाई नियुक्त गरेको छ । 

संघको विराटनगरस्थित भवनमा बसेको १७ औं कार्य समितिको बैठकले कानूनी सल्लाकारमा थापालाई नियुक्त गरेको हो । 

संघमा आइपर्ने कानूनी बाधा अटचनको सावधान गरिन र कानुनी परार्मश लिनको लागि कानूनी सल्लाकार नियुत्त गरिएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

यस्तै कार्य समितिको बैठकले आगमी माघ मसान्त भित्रमा संघको पहिलो साधरण सभा पनि सम्पन्न गर्ने निर्णाय गरेको छ । संघका अध्यक्ष लक्ष्मी तिम्सिनाको अध्यक्षमा बसेको बैठकले यस्तो निर्णाय गरेको हो । गत पुसमा निर्वाचित भएर आएको नयाँ पदाधिकारीले गर्न लागेको यो पहिलो साधरण सभा हो ।

यस्तै सघंले पुस २४ गते सुन्दरहरैचा, बेलबारी नगरपालिका र केराबारी गाउँपालिका भित्रका औषधी व्यवसायीहरूलाई समेटेर अन्र्तक्रिया तथा व्यवसायीहरूको भेला गर्ने भएको छ । बेलबारीमा हुने कार्यक्रममा संघका पदाधिकारी र व्यवसायीहरूबीच समसामहिक विषयमा अन्र्तक्रिया, सुझाब संकलन र व्यवसायीहरुलाई देखा परेको समस्या हल गर्न घनिबुद्ध रुपमा छलफल हुनेछ । सोही भेलाले तीन वटा स्थानिय तहमा रहेका औषधी व्यवसायीहरूलाई समेटर उप–समिति पनि गठन गर्ने उपाध्यक्ष ढकालले जानकारी दिए ।

गठन भएको उप–समितिले सुन्दरहरैचा, बेलबारी नगरपालिका र केराबारी गाउँपालिका भित्र रहेका औषधी व्यवसायीहरूमा देखा परेको समस्याको सामाधनमा क्रियाशिल भएर लागि पर्नेछन् । यस अघि उर्लाबारीमा उपसमिति गठन भइसकेको छ ।