धरान । अहिलेका व्यस्त संगीतकार तथा रचनाकार उमेश रेग्मीको नयाँ गीत ‘तिम्रो याद भुलाउन’को भिडियो सार्वजनिक भएको छ ।

उमेशको शब्द/संगीतमा चर्चित गायक शिव परियारको स्वर रहेको गीतको भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र मोडल साक्षी लम्सालले अभिनय गरेका छन् । हाल अमेरिकामा रहेर लगातार नयाँ गीत बजारमा ल्याईरहेका उमेशको यो गीतले कसैलाई भुल्ने बहानामा नशा पिउँदा आफैंलाई हानी हुने सन्देश दिन्छ ।

गीतको भिडियो युवराज वाइवाले निर्देशन गरेका छन् । निसल पौडेलले छायाँकन र विकास दाहालले सम्पादन गरेको भिडियो गोत्र इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । भिडियो सार्वजनिक भए लगत्तै दर्शकहरुको राम्रो प्रतिक्रिया पाएको छ । सुनसरी इनरुवाका उमेशले धरानमा रहेर पनि संगीतमा संघर्ष गरेका थिए ।

हाल अमेरिकामा रहेर गीत संगीतमा व्यस्त बनेका उनका धेरैवटा गीतले चर्चा कमाइएका छन् । उनले केहीदिन अघि मात्र प्रिय तिम्रो तस्बीर बोलको गीतको भिडियो पनि सार्वजनिक गरेका थिए । त्यसअघि उनका ‘बाबाको दुई पैसे जागिर’, मैले गर्ने मायामा, तिम्रो याद लगायतका गीतहरु स्रोता/दर्शकले मन पराएका छन् ।

भिडियो :