धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जटिल प्रकारको शल्यक्रिया सफल भएको छ ।

प्रतिष्ठानमा पहिलोपटक थाईमस ग्रन्थीको क्यान्सरको सफल सल्यक्रिया भएको हो । प्रतिष्ठानका एसोसिएट प्रोफेसर तथा कार्डियो थोरासिस एन्ड भास्कुलर सर्जन डा.लोकेश शेखर जैसवाल नेतृत्वको टिमले पहिलो पटक यस्तो शल्यक्रिया गरेको हो । यस्तो समस्यालाई दुर्लभ मानिन्छ ।

तेह्रथुमका ३५ वर्षीय युवालाई छातीमा हुने थाईमस ग्रन्थीको क्यान्सर भएपछि डायफ्राम प्यारालाईसिस भएको थियो । स्वास प्रस्वासका क्रममा खुम्चिने÷फैलिने डायफ्राम प्यारालाईसिस भएसँगै उनको मुटु पनि ब्लक भएको थियो । डेढ महिनासम्म भेन्टिलेटरमा उपचार गराउँदै आएका ति युवाको डा.जैसवालको टिमले सल्यक्रिया गरेको हो । डा.जैसवाल भन्छन्, ‘अत्यन्त कम देखिने यस्तो समस्या ती युवालाई देखिएपछि मुटुमा पेसमेकर राखेर अप्रेसन ग¥यौं । अहिले उनको अवश्था राम्रो हुँदैछ ।’

प्रतिष्ठानमा पाँचयता करिब ४ सय जनाको मुटुको शल्यक्रिया र एक सय जना जतिको फोक्सोको शल्यक्रिया गरिएको डा.जैसवालले बताए । प्रतिष्ठानमा मुटुका ओपनहार्ट, बाईपास सर्जरीदेखि जन्मजात मुटुमा प्वाल परेका बच्चाहरुको उपचार हुने गरेको उनले बताए । उनले भने, ‘मुटुको जुनसुकै उपचार गर्न काठमाडौं वा भारत जानु पर्दैन यहिं हुन्छ ।’