दमक  । जिल्लास्तरको एक मात्र सरकारी अस्पताल दमक अस्पतालले आफ्नो नयाँ भवन  निर्माणको काम धमाधम गरिरहेको छ ।

मौजुदा अस्पताल भवन वर्षौ पुरानो भएका कारण जिर्ण बन्दै गएको र सेवा सुविधा समेत  थपीएकोले काम गर्ने समेत असहज भएपछि नयाँ भवन  निर्माणको काम धमाधम भै रहेको छ ।


२०७३ सालमा हेल्थ पोष्टबाट स्तरउन्नती भएर १५ शैयाको दमक अस्पताल बनेको हो । अस्पतालमा स्तरउन्नती भएपछि यहाँबाट प्रवाह हुने सेवाहरुपनि बिशिष्टिकृत हुँदै गए । २४ सै घण्टा प्रसुति सेवा, आकस्मिक सेवा, फार्मेसि सेवा, अन्तरङ्ग सेवा, हाडजोर्नी, बालरोग, यौन तथा छालारोग, नाक कान घाँटी तथा दन्त रोग, रेडियोलोजी, मानिसिक रोग लगायतका सेवाहरु पनि बढ्दै गए ।

सेवा बढ्दै गएपनि सेवाग्रहिको भीड पनि उसैगरि बढ्न थाल्यो । यसरी बढेको भीडलाई थेग्न यसै पनि  वर्षौ देखी पुरानो भवन आफै जीर्ण त्यसमा पनि सबै सेवा एकैठाँबाट  प्रवाह गर्न निकै सास्ती थियो । यद्यपी नयाँ भवन अझै बनिनसकेका कारणले अझै पनि यो समस्या कायमै छ ।

अस्पतालमा लामो समयदेखी ल्याव टेक्निसियनका रुपमा कार्यरत तथा प्रयोगशाला इन्चार्ज लोकनाथ पौडेलमन अनुसार अहिले मौजुदा रहेको अस्पतालमा काम गर्न निकै गाह्रो छ । सेवाग्राहिको भिड थेगीनसक्नुको छ । तर नयाँ भवन भनेपछि यी समस्या मसाधान हुनेमा उनले विस्वास गरेका छन् ।

तर अब यी समस्याबाट मुक्त हुनका लागि दमक अस्पतालले नयाँ भवन  प्राप्त गर्दै छ । आफ्नै प्राङ्गणमा एल आकारमा सुविधा सम्पन्न अस्पताल  ठडिने क्रममा छ । यसका लागि लुम्बिनी अर्घखाँची जेभिले धमाधम काम गरिरहेको छ ।

योजनाका व्यवस्थपापक गंगाराम कोइरालाका अनुसार भवन निर्माणको कुल कामको करिव २५ प्रतिशत सम्पनन भै सकेको छ । यसमा जग खनेर आवश्यक पर्ने अन्य प्राविधिकीय कामको ६० प्रतिशत भन्दा बढि काम भै सकेको छ । र यहि रफ्तारमा काम हुने हो भने सम्झौता गरेको मिती सम्ममा काम सक्ने दावी कोइरालाको रहेको छ ।

यो योजना ल्याउनका लागि त्यति सहज भने भएन । दमकमा  निजी स्तरमा  दर्जन हाराहारीमा अस्पतालहरु छन् । अस्वस्थ्य प्रतिस्पर्धा छ । तर आम नागरिकले सहज र सरल सस्तो स्वास्थ्य सेवा पाउनबाट बञ्चित छन् ।

मुख्यगरि यो अस्पतालका मुख्य सेवाग्राहि झापाको पश्चिम तर्फका सबै पालिकाका नागरिक, इलामको  पश्चिम  दक्षीण क्षेत्रका नागरिक र मोरङ पूर्वि उत्तरी क्षेत्रका नागरिकको प्रमुख गन्तव्य नै दमक हो । यस क्षेत्रका नागरिकले सर्वसुलभरुपमा स्वास्थ्य सेवा पाउन भन्नका लागि दमक नगरपािलकाकी उप प्रमुख तथा अस्पताल व्यवस्थापन समिती अध्यक्ष गीता अधिकारी कयौ पटक काठमाडौ पुगिन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यउोजना स्विकृत गरिदिएपछि अर्थमन्त्रालयले बजेटको सुनिश्चित गरेपछि मात्र दमक अस्पताल निर्माण हुन थालेका उप प्रमुख अधिकारीले बताईन ।

अस्पताल  निर्माणका लागि दमक नगरपालिकाले निर्माण कम्पनीसँग २०७७ असार १९ गते सम्झौता गरेको थियो । त्यसपछि  यहि वर्षको साउनन महिनाको ४ गते  निर्माणको काम सुरु भयो ।

काम सुरु भएको ३० महिनाभित्र सम्पन्न गर्ने गरि लुम्बिनी अर्घखाँची निर्माण सेवाले २० करोड ४ लाख २९ हजार ४०८ रुपैँयाको लागतमा काम गरिरहेको छ । यो बजेट दमक नगरपालिका र संघिय सरकारको   संघिय ससर्त अनुदानबाट बिनियोजन भएको दमक नगरपालिकाले जनाएको छ ।