ब्लाष्टखबर ।  गयराती धनुषा जिल्लाकाे  धनुषाधाम नगरपालिका ९ धारापानी मालटोलमा  सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।, भने दुई जाना  घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत उक्त सडकमा पश्चिमबाट पूर्वतिर आउँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो ।

पिकअपलाई ठक्कर दिएपछि अनियन्त्रित बनेकाे भारतीय ट्रकमा पश्चिमबाटै पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल ट्याङ्कर  ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । 

कार्यालयका अनुसार दुर्घटनामा  ट्याङ्कर चालक मोरङ विराटनगरका ३६ वर्षीय अर्जुनकुमार मण्डल र भारतीय ट्रकका चालक २० वर्षीय  रगीला कुमारको मृत्यू भएको हाे । 

दुर्घटनामा ट्याङ्करका सहचालक विराटनगर ४ का धनराज यादव र भारतीय ट्रकका सहचालक पनि दबै गम्भिर घाइते भएका छन् । घाइते मध्ये  यादवलाई उपचारका लागि विराटनगर लगिएको छ भने ,भारतीय ट्रकका सहचालककाे उपचार  प्रादेशीअस्पताल जनकपुरमा भइरहेको छ ।