ब्लाष्टखबर । बुटवलका काेराेना संक्रमित आईसीयूबाट भागेका छन् ।

बुधबार कोरोना संक्रमण पुष्टि बुटवलको कोरोना विशेष अस्पतालकाे आईसीयूमा उपचाररत बुटवल १३ का ५५ वर्षीया पुरुष आईसीयूबाटै भागेकाे अस्पतालका प्रवक्ता डा. गौतमले जनाएका छन् । 

उनका अनुसार अाज बिहान शौचालय जान्छु भनेर हिडेका थिए । अस्पतालको कपडा र चप्पलसहित सम्पर्क बिहिन भएका संक्रमित पुरूष तिलोत्तमाको जानकीनगरस्थित पौवा होटेलमा पुगेर कफी पिएकाे खुलिकाे गौतमतमले बताएका छन् । 

मानसिक रोगको औषधिसमेत सेवन गर्दै आएका ति पुरूषकाे परिवारलाई पनि यो कुरा जानकारी गराएको अस्पतालका प्रवक्ता गौतमले बताए ।