ब्लाष्टखबर । धरानबाट दुई थान पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिकाकाे १५ नम्बर वडा स्थित सयपत्री मार्गका २७ बर्षिया देवी बहादुर लिम्बु र २६ वर्षीय रनसुर राई रहेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । 

साेमबार लागुऔषध हुनसक्ने सुचनाका आधारमा कार्यलबाट खटिएकाे प्रहरी टाेलीले लिम्बुकाे घरकाे काेठामा रहेका उनिहरूकाे साथबाट २ थान युएसए लेखिएकाे पेस्ताेल र १ थान खाली म्याग्जिन बरामद गरेकाे कार्यलयका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन्  । 

उनेले भने ' हामीलाई लागुऔषध हुन सक्छ भन्ने सुचना आएकाे थियाे । प्रहरी टाेली त्यहाँ पुग्दा पेस्ताेल भेटियाे । कुन प्रयाेजनकालागी पेस्ताेल राखिएकाे थियाे भन्ने खुलेकाे छैन ।  '

आफुहरू लागु औषध प्रयाेग कर्ता भएकाे स्विकार गरेका उनिहरूलाई अदालतबाट थप गरी थप अनुसन्धान भइरहेकाे डिएसपी बस्नेतले बताएका छन् ।