ब्लाष्टखबर । कानेपोखरी गाउँपालिकाको वडा नम्बर ५ स्थित भौसाबारीबाट खैरो हिरोईनसहित ५ जनालाई प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा साेहि ठाउँका  १९ वर्षीय मुस्कान चौधरी, २२ वर्षीय पंचन साह, १९ वर्षीय विक्रम मगर, गाउँपालिकाको वडा नम्बर २ का २४ वर्षीय राजेश धिमाल र लेटाङ ३ बस्ने २३ वर्षीय शान्तिराम काफ्ले रहको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका अनुसार अवैध लागुऔषध खैरो हिरोइनको कारोबार भइरहको भन्ने सुचनाका आधारमा खटिको प्रहरी टोलीले उनिहरुको साथबाट ४० ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थसहित को ३५ प २२७२ र  को ३३ प २६६ नम्बरको मोटरसाईकल बरामद गरेको हो ।

नियन्त्रणमा लिई पाँचै जनालाई आवाश्यक कारवाहीकालागि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान कार्य भई रहेको उक्त कार्यालयले जनाएको छ ।