ब्लाष्टखबर । नक्कली इमेल आइडी बनाइ आफुसंग अस्लिल तस्विर भएकाे बताउँदै महिलालाई ब्लाकमेलिङ गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका वडा नम्बर ३ घर भइ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मी रहेकाे भेटाहिटी  स्थित प्रहरी प्रधान कार्यालय साइबर व्युराेले जनाएकाे छ । 

व्युराेका अनुसार सुमनले नक्कली इमेल आइडी बनाएर उनकै परिचयमा रहेकी एक महिलालाई आफुसंग उनकाे अस्लिल तस्विर रहेकाे र उक्त तस्विर सार्वजनिक नगर्नकालागी ७० लाखकाे माग राखेका थिए । 

पैसाकाे माग राख्ने लगायत विभिन्न प्रकारकाे याैनजन्य उत्पिडन दिएकाे भन्दै आएकाे उजुरीकाे आधारमा बिहिबार जिल्ला अदालत काठमाडाैबाट पक्राउ अनुमती लिइ पक्राउ परेका सुमनमाथि थप अनुसन्धान भइरहकाे व्युराेले जनाएकाे छ ।

त्यस्तै,  नक्कली फेसबुक आइडी बनाइ महिलालाईर आप्तिजनक सामाग्री पठाउने,  याैनजन्य पाेष्ट तथा म्यासेज पठाएकाे भन्दै माडि नगरपालिका वडा नम्बर ६ का थम बहादुर विश्वकर्मलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेकाे उक्त कार्यालयले जनाएकाे छ ।