ब्लाष्टखबर । काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेका सभामुख अग्नि सापकोटाको मुद्दा सर्वोच्च अदालतले पेसीमा चढाएको छ ।

अन्ति पटक २०७६ साल फागुन ३० मा मुद्दा पेसीमा चढाइएको भएपनि हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो । शुक्रबार त्यही मुद्दाको पेसी तोकिएको छ । मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो ।

श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट अपहरणमा परेका लामालाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् । प्रहरीले जाहेरी लिन नमानेपछि पूर्णिमायाले सर्वोच्चमा रिट हालेपछि २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भएकाे थियाे । 

सर्वोच्चको संवैधानिक इजलासमा सापकाेटा विरूद्द दायर भएकाे उक्त मुद्दा विचाराधीन रहेकै बेला उनि सञ्चारमन्त्री बनेपछि कणकमणि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।

२०६९ मंसिर ११ गते न्यायाधीश वैधनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गरेपछि उक्त मुद्दामा सुनुवाइ हुन सकेको छैन।