ब्लाष्टखबर । करिब ९ महिनापछि काठमाडौं–दिल्ली नियमित उडान सुरु भएको छ । काेराेना महामारीका कारण प्रभावित भएकाे नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान बिहिबारबाट पुनः सञ्चालनमा आएको हो ।

आज बिहान सवा ११ बजे नेपाल एयरलाइन्सको ए–३२० न्यारोबडी जहाज काठमाडौंबाट दिल्ली उडेसंगै औपचारिक रुपमा नियमित उडानको शुरुवात गरिएको हो । नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार उक्त जहाज आजै दिउँसो २ बजे दिल्लीबाट काठमाडौं फ्लाइट गर्ने छ । 

सरकारले गत भदौबाट अन्तराष्ट्रिय उडान खुला गरेपनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति दिइएको थिएन । नेपाल र भारतबीच ‘एयर बबल’ उडान गर्ने सहमति भएपछि नेपाल एयरलाइन्सले आज पहिलाे उडान भएकाे हाे । 

नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै उडान गर्ने समम्झैता अनुसार दुई देशका नागरिकले मात्रै यात्रा गर्न पाउने छन। पहिलाे उडान भरेकाे नेपाल एयरलाइन्सकाे उक्त जहाजले १ सय ४४ यात्रु लिएर गएकाे थियाे दिल्लीबाट भने १ सय ११ यात्रु लिएर जहाज  काठमाडौं फर्किने बताइएकाे छ ।