ब्लाष्टखबर । विराटनगरमा गाँजाको कारोबार हुँदै गर्दा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

महानगरको ५ नम्बर वडा स्थित दिल्ली पव्लिक स्कुल नजिकैबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोहि वडाको विशाल चोक बस्ने ४० वर्षीय रुपेश शाह, २५ वर्षीय विनेश खवास, २२ वषीय सुमित साह र २१ वर्षीय सागर रायलाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।

गाजाकोर कारो बार भई रहेको भन्ने सुचनाको आधार त्यहाँ पुगेको प्रहरी टोलीले उनिहरुको साथबाट ४०० ग्राम गाँजा बरामद गरको उक्त कार्यालयले जनाएको छ ।

पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालय, मोरङ ल्याई थप अनुसन्धान भईरहेको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बहादुर राईले बताएका छन ।