ब्लाष्टखबर । विराटनगरबाट प्रहरीले खैरो हिरोइन सहित दुई जना भारतीय नागरिक र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरीकार्यालय मोरङका अनुसार हिजो अपरान्ह ५ बजे महानगरपालिकाको ७ नम्बर वडा स्थित शनि मन्दिर नजिकैबाट महानगरको वडा नम्बर १७ मटेरुवा बस्ने अन्दाजी २७ वर्षीय लद्दीफुल मियालाई पक्राउ गरेको हो ।

लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्रा गरिरहेका मिया माथी शंकालागी चेकजाच र्गने क्रममा उनको साथबाट १३ ग्राम खैरो हिरोइन जस्तो देखीने पर्दाथ फेला पारेको उक्त कार्यायालयले जनाएको छ ।

त्यस्तै, बुधबारनै अपरान्ह ५ बजेर १५ मिनेटमा लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले महानगरको १७ नम्बर वडास्थित दरैयाबाट खैरो हिरोइन सहित २ जना भारतीय नागरीकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य स्थित अररिया जिल्ला जोगमनी थाना वडा नम्बर ९ इन्द्रनगरका ३२ वर्षीय सुरज कुमार राय र १३ वर्षीय आशिक मिया रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार शंकाका आधारमा चेकजाँच गर्ने क्रममा मियाको साथबाट ५ ग्राम खैरो हिरोइन जस्तो देखीने पदार्थ बरामद भएको थियो ।

पक्राउ परेका विराटनगरका मियालाई जिल्ला प्रहरी कार्यालय विराटनगरमा ल्याई थप अनुसन्धान भइरहेको छ । भने, भारतीय नागरीलाई इलाका प्रहरी कार्यलय विराटनगरमा ल्याई अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।